प्रचन्डले प्रधानमन्त्रीमा बाजी मार्दा पुँजी बजार राताम्मे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रचन्डले प्रधानमन्त्रीमा बाजी मार्दा पुँजी बजार राताम्मे



stockकाठमाडौं । साताको चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उच्चतम अंक १८८१ पुगेपछि फर्किएको नेप्से गत बिहीबारबाट ओरालो लाग्न थालेको हो ।

संयोग नै हुनसक्छ नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचन्ड प्रधानमन्त्री बन्ने पक्का भएपछि बजार ओरालो लाग्न थालेको छ । अघिल्लो बुधबार नेप्से अहिलेसम्मकै उच्च १८८१.४५ अंक पुगेको थियो । बिहीबार सामान्य घटेर १८७७.९३ अंकमा ओर्लियो ।

यो साता सुरु भएदेखि बजार निरन्तर दोहोरो अंकले घटिरहेको छ । बैंक तथा  वित्तीय संस्थहरुले राम्रो रिजल्ट प्रकाशित गरिरहेका बेला बढ्ने अनुमान विपरित बजार ओर्लिन थालेको हो ।

आज बजार १२.७५ अंकले झरेर १८१३.७२ अंकमा आएको छ । कारोबार रकम पनि घटेको छ । दिनभरीमा १३७ कम्पनीका एक अर्ब २७ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ ।

सबै समूहका सेयर मूल्य घटेका छन् । बाणिज्य बैंक समूह १३.४८ अंक, होटल १०.८९ अंक, विकास बैंक ११ अंक, जलविद्युत १७.५८ अंक, फाइनान्स १०.५५ अंक, बिमा ३३.८२ अंक, उत्पादनमूलक ४१.४ अंक र अन्य ३.७६ अंकले झरेको छ ।

सबैभन्दा वढि कारोबार एनबी बैकको भएको छ । बैंकको ९ करोड २२ लाख रुपैयाँको किनबेच भएको छ । सिद्धार्थ बैंकको सात करोड २१ लाख र नेपाल बैंकको ६ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ ।

एनएमबी माइक्रोफाइनान्स, रिलायवल माइक्रोफाइनान्सलगायतको सेयर मूल्य बढेको छ । केही दिनयता निरन्तर बढिरहेको ललितपुर फाइनान्सको सेयर मूल्य करिव ८ प्रतिशतले बढेको छ ।

प्रकाशित : १९ श्रावण २०७३, बुधबार १३:१५