सेयर बजार राताम्मे, लगानीकर्तामा निराशा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सेयर बजार राताम्मे, लगानीकर्तामा निराशा



काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७६ दशमलव ३० अंकले घटेर दुई हजार ६०९ दशमलव ११ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २१८ कम्पनीकोे एक करोड तीन लाख ३४ हजार ८२८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १८९ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा धेरै ओरालो लाग्ने उपसमूहको सूचकमा फाइनान्स रहेको छ ।

फाइनान्स उपसमूहको सूचकमा सात प्रतिशतको गिरावट आएको छ । त्यस्तै, हाइड्रोपावर र लगानी समूहको उपसूचकमा ४ प्रतिशतको गिरावट आएको छ । बाँकी सबै समूहको उपसूचक एकदेखि तीन प्रतिशतसम्मले ओरालो लागेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा कुमारी बैंक रहेको छ । बैंकको आज १८ करोड ८२ लाख २७ हजार २९६ दशमलव ८० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् ।

लघुवित्त १५९ दशमलव ३० अंकले फाइदामा गएको छ । आजका लागि यसको सेयर मूल्य प्रतिकित्ता एक हजार ७५३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता रहेका छन् । कम्पनी –५१ अंकले घाटामा गएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५९ रुपैयाँ कायम छ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलवार १६:०३