विचार

किन हुन्छ हृदयघात ? लक्षण र रोकथाम के हो ?



मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ ।

हृदयाघातका लक्षणहरूमा छाति दुख्ने, छाति गहुँगो हुने र दुखाई सर्दै छातिबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् ।

जनताका लागि एन्जियोप्लाष्टि प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँधुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लाष्टि प्रक्रिया फलदायी नहुन सक्छ ।

एन्जियोग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन् । यी प्रक्रियाहरूमध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लाष्टि नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोग सम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई क मगर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधी दिइन्छ ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स–रे लिंदै त्यो क्याथेटरलाई बन्द भएको वा साँधुरिएको धमनीसम्म पु¥याइन्छ । बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछ िक्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँधुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपन गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन् – औषधीरहित धातुको स्टेन्ट –जुन सबैभन्दा सस्तो हुन्छ), अर्को स्टेन्टमा औषधी लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधीका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ । अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन ।

रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नु पर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाँही प्राविधिक रुपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ ।

हाम्रो जस्तो गरीबीको रेखामुनी रहेको देशमा जहाँ मेडिकल इन्यूरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लाष्टि प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँधुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लाष्टि प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जिलोप्लाष्टि पछि पनि पुनः बन्द हुने वा साँधुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँधुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँधुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लाष्टि वा कहिलेकाँही मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाईं आफै बिरामी हुनुहुन्छ भने एन्जियोप्लाष्टि गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छिनिए हुन्छ । एन्जियोप्लाष्टि गरिसकेपछि पनि तपाईले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाह अनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन । त्यसका साथसाथै तपाईंले धू्रमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ । तपाईं मांसहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लो युक्त दुग्घ पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बढ्लामा दैनिक रुपमा ताजा साजसब्जी र फलफूलमा बृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनु पर्छ । यादरहोस् शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिंड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङ्गबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिंडेर जाने बानी गर्नु उपर्युक्त हुन्छ ।

हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुनेबेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गहुँङ्गो भएको महसूस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने, श्वास फेर्न गा¥हो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, वेचैनी हुने, स्वा स्वा बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार ११:३१