मनीग्राम र सिटी एक्सप्रेसबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मनीग्राम र सिटी एक्सप्रेसबीच सहकार्य



c-696x464काठमाडौँ, २१ साउन  । मनीग्राम र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच नेपालको विभिन्न स्थानबाट रकम भुक्तानीे सेवा सुचारू गर्ने सहकार्य भएको छ ।

नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.सँग सहकार्य गरेको हो । यस सहकार्यपछि विदेशमा काम गरिरहेका नेपालीलाई नेपालमा रकम पठाउनका लागि सुविधा पुग्ने कम्पनीको विश्वास रहेको छ ।

उक्त कार्यक्रममा दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले संसारभरि रहेका नेपालीलाई सेवा र्पुयाउन मनीग्राम तत्पर रहेको वताए । उनले भने, ‘सिटी एक्सप्रेससँगको सहकार्यले अब यो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।’

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनि मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा अत्यन्तै हर्षित र उत्साहित भएको वताए । उनी भन्छन्, ‘यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्नेछ ।’

कम्पनीका अनुसार मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै रू. ५० को टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले मनीग्रामको नेपालमा उपस्थितिलाई अझ बलियो बनाएको छ ।

विश्व बैंकका अनुसार नेपालमा सन् २०१५ मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार ०४:०२