अल न्यू हेक्टर साइन एसयुभी कारको बुकिङ सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

अल न्यू हेक्टर साइन एसयुभी कारको बुकिङ सुरु



काठमाडौँ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ साइन भेरियन्ट गाडीको बुकिङ सुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएपछि सनसनी मच्चाएको हेक्टर नेपाली बजारमा भित्रिएको छ ।

हेक्टर १.५ लिटर टर्बो चार्जड् इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध छन् ।

यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिस आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ । यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिनेछ ।

आराम र सुविधाका हिसाबले पनि हेक्टर २०२१ सधैँ अग्र स्थानमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एमजी हेक्टर एक विकसित एसयूभी कार हो । यसले आफ्नो क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाले युक्त रहेको छ । इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्ट समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार २१:५६