परियारले अपहरण गरी शेयर नामसारी गराएको खुलासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

परियारले अपहरण गरी शेयर नामसारी गराएको खुलासा



logp1काठमाडौं, २१ साउन। लाहुरे सेक्युरिटिज कम्पनीका सञ्चालक श्रीकृष्ण परियार र उनको छोरो विशाल परियार मिलेर अन्य सञ्चालकहरु श्याम प्रसाद पाण्डे, पूर्णलाल रञ्जितलाई अपहरण गरी जबर्जस्ती हस्ताक्षर गर्न लगाई सबै शेयर बाबुछोराको नाममा गराएको खुलासा भएको छ । मजदुर आन्दोलनको बहाना बनाई करिब २ सय मजदुरलाई पैसा खुवाएर लाहुरेको कार्यालयमा नै बन्धक बनाई जबर्जस्ती शेयर नामसारीपत्रमा हस्ताक्षर गर्न लगाइएको पीडीतहरुले गुनासो गरेका हुन् ।

पूर्वसञ्चालक राजु कुमार कार्कीसँग लाहुरे सेक्युरिटिज किन्दा श्याम प्रसाद पाण्डेको ४२ प्रतिशत, श्रीकृष्ण परियारको ४२ प्रतिशत उनको छोरा विशाल परियारको ५ प्रतिशत, पुर्णलाल रञ्जितको १० प्रतिशत र गोपाल प्रसाद लामिछानेको एक प्रतिशत रहेकको थियो । कम्पनीको अध्यक्ष रहेका श्रीकृष्ण परियारले सुरुदेखि नै आफ्नो अनुकूलताको कारोबार देखाउने गरेको अन्य सञ्चालकहरुले बताए । श्रीकृष्ण परियार र उनको छोरोले आम्दानीलगायतका विवरणको माइन्युट गर्न नमानेको अरुले हिसाबकिताबको खोजी गर्दा विभिन्न बहानामा टार्ने गरेको उनीहरुको भनाइ छ । आम्दानी भएको रकम सबै बाबुछोराले कब्जा गर्ने र कम्पनीको कुनै निर्णय गर्नुपर्दा पनि एकल हस्ताक्षर गर्दै आएको उनीहरुले आरोप लगाएका छन् । आजको आर्थिक राष्ट्रिय दैनिकबाट ।

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार ०६:३५