फोरजी सेवा लिने हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फोरजी सेवा लिने हो ?



4gविभिन्न  देशका जनताहरुले फाइभजी सेवा प्राप्त गरिरहेको बेला नेपालमा यतिखेर फोरजी सेवाको चर्चा चलिरहेको छ । फोरजी सेवा नेपालमा तत्कालै सुरु हुनुपर्ने भन्छन, सुचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया उनका अनुसार विश्वको प्रविधिलाई हामीले पनि आत्मासाथ गर्दै नयाँ–नयाँ सेवा तथा सुविधाहरु नेपालीहरुले पनि पाउनुपर्ने कुरामा उनको जोड रहेको छ ।

हाल फोजी सेवा वितरण गर्ने सम्वन्धमा टोक्नोलोजि, न्युट्रालिटी, फ्रिक्वेन्सी वितरण अप्सन व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको कारणले नेपालमा फोरजी सेवा सुचारु हुन अझै केही महिना लाग्ने भएको हो । हाल फोरजीको व्याण्डलाई व्यवस्थित गर्ने काम भइरहेको छ ।

फोरजी सेवा सञ्चालनको लागि नेपाल टेलिकम तथा एनसेलले लाइसेन्सको लागि आवेदन दिइसकेको छ । यो प्रकृया बढीमा २ महिनामा सकिनेछ । यस अर्थमा महत्वपूर्ण चाड दशैं अघि यो सेवा सञ्चालन हुने देखिन्छ ।

फोरजी सेवा सञ्चालन गर्न पहिले कम्पनी प्राविधिक रुपले तयार हुनुपर्छ त्यसपछिमात्रै प्राधिकरणले लाइसेन्स दिने गर्छ । कम्पनी प्रविधिक रुपले सक्षम भइसकेपछि एक हप्तादेखि १० दिन भित्रमा सेवा प्रदायक कम्पनीले लाइसेन्स पाउने गर्छ । त्यसपछी मात्रै औपचारीक रुपमा फोरजी सेवा सञ्चालन हुन्छ ।

यो सेवा एकैचोटी देशैभरबाट सञ्चालन गर्न कठिन छ । सेवा प्रदायक कम्पनीले फोरजीको लागि प्रविधिक सुधार तथा प्रविधिहरु थप गर्नुपर्ने भएकोले सेवा बिस्तारै–बिस्तारै गरिन्छ । नेपाल टेलिकमले हालको लागि काठमाडौंबाट यो सेवाको सुरुवात गर्ने लक्ष्य लिएको छ । त्यसपछि क्रमशः देशका प्रमुख शहरहरुबाट यसको सेवा विस्तार हुनेछ । नाममात्रको फोरजी भन्दापनि वास्तविक सेवा दिने कुरामा दृढ तथा सजग छन् नेपाल टेलिकमको अध्यक्ष्य समेत रहेका दिनेश थपलिया ।

के हो थ्रिजी र फोरजी भनेको ?
जी भनेको मोबाइल टेक्नोलोजीको जेनेरेशन हो । समान्यतया प्रत्येक जेनेरेशनको फोनमा महत्पूर्ण परिवर्तनहरु हुन्छन् । केही समय अगाडीका फोनहरु एनालग फोन 1G हो भने 2G फोन डिजिटल हो । यि फोनहरुभन्दा पछि आएका फोनहरु प्राविधिक रुपले जटिल बन्दै गएको छ । हुनत अझैपनि केही कम्पनीहरुले सामान्य खालको मोबाइल फोनहरुको निर्माण गरि बिक्री बितरण समेत गरिरहेको छ ।

थ्रिजी भनेको थर्ड जेनेरेशनको मोबाइल नेटवर्क हो । उक्त सेवाको सुरुवात सन् २००३ मा अमेरिकाबाट भएको हो । आजभोलि धेरै कम्पनीका मोबाइल फोनहरुमा उक्त अप्सन भएतापनि फोरजी सेवाभने केहीवर्ष अगाडी बजारमा आएका मोबाइलहरुमा उपलब्ध छैन । फोरजी भनेको फोर्थ जेनेरेसन नेटवर्क हो । थ्रिजीभन्दा फोरजी नेटवर्कमा केही महत्वपूर्ण सुधारहरु छन् । फोरजीको टेक्नोलोजीले ‘मोबाइल वेभ एक्सेस’को दायरालाई चौडा बनाउँछ । जसबाट आइपी टेलिफोनी, गेमीङ सर्भिस, भिडियो च्याट, अनलाइन गेम जस्ता कुराहरुलाई सहज बनाउँछ । त्यस्तै फोटो/भिडियो अपलोड तथा डाउनलोड तिब्र गतिमा हुन्छ ।

कस्तो मोबाइलमा चल्छ फोरजी ?
सेवा प्रदायक कम्पनीहरुले फोरजी सेवा सुचारु गरेपछि आफ्नो मोबाइलमा उक्त सेवा चलिहाल्छ भन्ने होइन यसको लागि आफ्नो मोबाइल सेटमा फोरजी चल्छ या चल्दैन त्यो हेर्नु आवश्यक छ । पछिल्लो समय बजारमा आएका स्मार्ट फोनहरुमा यो सेवा उपलब्ध छ । तपाईले प्रयोग गरिरहनुभएको मोबाइलमा चल्छ या चल्दैन भनेर तपाइ आफैले सजिलै चेक गर्नसक्नुहुन्छ अथवा इन्टरनेटको सहायता लिन सकिन्छ ।अार्थिक न्यूजबाट

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार १५:३७