नयाँ सारथी लघुवित्तले एफपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ सारथी लघुवित्तले एफपीओ जारी गर्ने



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ । लघुवित्तले एफपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा पुगेको छ ।

लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ बराबरको ११६ रुपैयाँ अंकित दरले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्ने भएको हो ।

एफपिओ जारी गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लघुवित्तले भदौ ९ गते आवेदन दिएको हो ।

लघुवित्तले ११६ रुपैयाँको दरले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बढीको एफपीओ जारी गर्ने अनुमति मागेको हो । लघुवित्तको एफपीओ निष्काशनमा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार १०:१८