नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार १०:५२