यस कारण नेविसंघको सहमहामन्त्रीमा बामदेव अधिकारीको उम्मेद्वारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण नेविसंघको सहमहामन्त्रीमा बामदेव अधिकारीको उम्मेद्वारी



bamdav adkariकाठमाडाै २२ साउन । नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनमा  लामो समय देखि  विभिन्न तह र तप्कामा काम गरेका बामदेव अधिकारी उम्मेद्वारका रुपमा उभिएका छन् । धादिङमा निरन्तर १० बर्षसम्म नेवि संघको जिल्ला कार्यसमितिको सदस्य भएका बामदेव अधिकारी यतिबेला सह–महामन्त्रीका बलिया उम्मेद्वारका रुपमा उभिएका छन् ।

धादिङ–काठमाडौं सम्पर्क समिति अध्यक्ष, बाल्मिकी क्याम्पसको इकाइ अध्यक्ष हुँदै नेपाल संस्कृत विश्व विद्यालयको अध्यक्ष भइसकेका बामदेवले सह–महामन्त्रीमै बसेर संगठनलाई योगदान दिने बताउँछन् ।

संस्कृत शिक्षालाई विद्यालयतह बाटै लागु गराइनु पर्ने, नैतिक शिक्षामार्फत विद्यार्थीलाई अनुशासित बनाइनु पर्ने लगायतका एजेन्डा लिएर उनी चुनावी मैदानमा छन् ।

प्रकाशित : २२ श्रावण २०७३, शनिबार ०४:०५