जुकरबर्गलाई ६ अर्ब घाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

जुकरबर्गलाई ६ अर्ब घाटा



न्युयोर्क । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।
 

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १०:४३