एनआरएनए अध्यक्ष पदमा केसीको उम्मेदवारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए अध्यक्ष पदमा केसीको उम्मेदवारी घोषणा



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । केसीले मंगलबार काठमाडौंमा आयोजित एक कर्याक्रममा एनआरएनएको १० औं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन् ।

‘गैर आवासीय नेपाली संघको ९ औं महाधिवेशनमा हामीले गरेको प्रतिबद्धताअनुरुप अघि सारेका संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शितालगायतका कार्यको जग स्थापना भइसकेको छ, ‘ उम्मेदवारी घोषणा कार्यक्रममा केसीले भने, ‘संघको अभियानमा देखिएका कयौं चुनौतीका बीच विश्वभरिका धेरै एनआरएनए साथीहरुसँगको घनीभूत अन्तरक्रियापछि १० औं महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

यसअघि एनआरएनएको अध्यक्षका लागि रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएको विश्व सम्मेलन कात्तिक ३ गते हुँदैछ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १७:१०