हाम्रो म्युचुअल फण्ड: केटा केटी आए गुलेली खेलाए बजारको सत्यानाश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हाम्रो म्युचुअल फण्ड: केटा केटी आए गुलेली खेलाए बजारको सत्यानाश



म्युचुअल फण्डको काम सर्ब साधारणलाई युनिट बिक्री गरेर सँकलन गरेको रकम सेयर बजार,बण्ड, डिवेन्चार लगायत अन्य सरकारी सुरक्षाणहरुमा लगानी गरेर नाफा कमाउनु हो। साथै सेयर बजारबाट यिनिहरुले अन्य लगानीकर्ताभन्दा बिशिष्ट (ज्वाईं) सुबिधा पाएका हुन्छन्।
जस्तै;
●प्राथमिक निश्काशनको समयमा म्युचुअल फण्डको लागी भनेर ५ % सेयर छुट्टाईएको हुन्छ।

●कारोबार गर्दा पुँजिगत लाभकर तिर्न पर्दैन।
●यिनिहरुको लागी ब्रोकर कमिसनमा पनी अरुको तुलनामा निकैनै छुट दिईएको छ। कतीले त उल्टो ब्रोकरबाट कमिसन छुट लिएर आफ्नो खल्ती पनि भर्दै आएका छन् ब्याक्तिगत रुपमा।

अब कुरा आयो ज्वाईं राजाहरुको पनि त केहि उत्तरदाईत्व होला नि बजारप्रती?

अन्य मुलुकहरुमा म्युचुअल फण्डले सुबिधा लिए बापत बजारको लागी ठुलो योगदान दिने गर्दछन्। एक हिसाबले म्युचुअल फण्डले बजार निर्माताको रुपमा माग र पुर्तीलाई सन्तुलन गरेर काम गर्नुपर्ने हो। तर नेपालको सन्दर्भमा त म्युचुअल फण्ड जती डरछेरुवा र अनउत्तरदाई कोही देखिंदैन। नयाँ लगानीकर्ताले गरे जस्तो ब्यवहार गर्छन्। बजार घट्न थाल्यो भने डराएर सके जती सेयर बेच्छ्न् र पैसा जम्मा पारेर बैंकमा डिपोजिट गर्दछन्।

नियम अनुसार म्युचुअल फण्डले अधिकाँश रकम लगानी गर्नुपर्ने हुन्छ। नियमले दिएको भन्दा धेरै (बढीमा १०%) रकमलाई बैंकमा डिपोजिट राख्न पाईंदैन। तर अहिले हाम्रा म्युचुअल फण्डले सेयर बिक्री गरेर आएको ३५% भन्दा बढी रकम बैंकमा डिपोजिट गरेर बसेका छन्। नियामक निकायबाट यसको तुरुन्त छानबिन भई आवश्यक कारवाही हुनु जरुरी छ। रोहन शर्माको फेसबुकबाट

प्रकाशित : २२ श्रावण २०७३, शनिबार १४:४३