हिमालयन रिइन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

हिमालयन रिइन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेन्डा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रबार, होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।

लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् । सभामा सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि रहेको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १२:४३