नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजवाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजवाट



nebisangh-mahadhivesan-545517काठमाडौं २३ साउन ।  नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आजवाट शुरु हुँदैछ । महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ । नौ वर्षपछि हुन लागेको महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

यो पनि पढ्नुस् यस कारण नेविसंघको सहमहामन्त्रीमा बामदेव अधिकारीको उम्मेद्वारी

महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशनमा भाग लिन धेरै प्रतिनिधि काठमाडौं आइसकेका छन । यसअघि नेवि संघको महाधिवेशन सात पटक स्थगित भएको थियो ।

महाधिवेशन सुरु हुन लागेपनि प्रतिनिधि विवाद भने अझै टुंगिएको छैन । नेतृत्व लिनका लागि अध्यक्ष सहित पदाधिकारीका लागि मात्रै सयभन्दा धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संघको अध्यक्षमा अहिलेसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै महामन्त्री पदमा नेविसंघ नेताहरू उर्मिला थपलिया, मनोज वैद्य, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराई लगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दुवै कांग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा झण्डै पाँच सय उम्मेदवारी पर्ने देखिएको छ । नेविसङ्घमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागु भएको छ ।

कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्काे पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुनेछ । अब संघको केन्द्रीय समिति एक सय ५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एकरएकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् । त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् ।

सात प्रदेशबाट एक-एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।

त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । २०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघमा अहिलेसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

महाधिवेशनमा ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने छन् । ३ दिनसम्म चल्ने महाधिवेशनमा विभिन्न जिल्लाबाट प्रतिनिधी काठमाडौ आइसकेका छन । लामो समयपछि हुन लागेको महाधिवेशनमा नेतृत्वका लागि आगामी बर्षबाट ३२ वर्षे उमेर हद तोक्ने तयारी छ ।

नेविसंघले एक सय ६१ सदस्यको पदाधिकारीसहितको कार्यसमिती प्रस्ताव गरेपनि निर्देशक समितिले एक सय ५१ सदस्यीय समिति रहेने निर्णय गरेको छ । एक सय ५१ कार्यसमितिमा एक सय २९ निर्वाचित हुनेछन । २२ सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछन् । एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमामन्त्री, र निर्वाचित एक कोषध्यक्ष सहित केन्द्रिय कार्यसमिति एक सय ५१ सदस्यीय रहने नेविसंघले जनाएको छ।

प्रकाशित : २३ श्रावण २०७३, आईतवार ०३:४७