हिमालयन बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

हिमालयन बैंकको लाभांश घोषणा



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहीबार १४:४२