प्रहरीमा ६०० जनाका लागि जागिर खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रहरीमा ६०० जनाका लागि जागिर खुल्याे



काठमाडौं । नेपाल प्रहरीले करिब ६०० को संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ ।

प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार ११:०४