एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ जारी गर्ने



everestकाठमाडौं, २३  साउन । एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ  जारी गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै उक्त रुपैंया बराबरको एफपीओ जारी गर्ने भएको हो ।

बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो । प्रिमियममा एफपिओ जारी गर्ने भनिएपनि कतिमा निष्काशन गर्ने भन्ने सन्दर्भमा नियामक निकायको छलफल पछि तय गरिने बैंकले जानकारी दिएको छ ।

त्यस्तै बैंकले फ्रि रिजर्भमा रहेको २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने र बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी र्पुयाउने जनाएको छ ।

त्यस्तै बैंकले पूँजी वृद्धिका लागि चार वटा बैंकसँग मर्जको लागि नेगोशेशन गरेको उल्लेख गरेको छ । बैंकले मर्जका लागि कुनै बैंकको नाम भने उल्लेख गरेको छैन् ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ ।

प्रकाशित : २३ श्रावण २०७३, आईतवार ०७:५८