सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले तीन सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १२ दशमलव ९१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

अब आइतबार नेप्सेमा सोही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । बैंकले साधारणसभा प्रयोजनका लागि शुक्रबार बुक क्लोज गरेको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार ११:०९