सानिमा बैंकमा बागमती विलय हुने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकमा बागमती विलय हुने पक्का



sanima-bank(2)काठमाडाै २३ साउन । सर्लाहीको हरीवनमा मुख्य कार्यालय रहेको बागमती डेभलपमेण्ट बैंकलाई सानिमा बैंकमा विलय हुनका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । वाणिज्य बैंकहरुलाई कम्तिमा एउटा विकास बैंक वा फाइनान्स कम्पनी खरिद गर्न राष्ट्र बैंकले गरेको अनुरोध अनुसार राम्रो वित्तीय अवस्था रहेको बागमती डेभलपमेण्ट बैंकलाई सानिमाले खरिद गर्ने सम्झौता गरेको थियो ।

राष्ट्र बैंकले गत शुक्रबार बागमती र सानिमा बैंकलाई गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको हो । उसले ३ महिना भित्रमा आवश्यउक सबै प्रकृया पुरा गराउन पनि बैंकहरुको ध्यानाकर्षण गराएको बुझिएको छ । ५ करोड रुपैंया चुक्ता पूँजी रहेको बागमतीलाई किनेर सानिमा बैंकको पूँजी बिस्तारमा खासै योगदान नपुग्ने भए पनि राष्ट्र बैंकको आग्रहमा नै सानिमाले झण्डै अढाई महिना पहिले बागमतीलाई खरिद गर्ने सम्झौता गरेको थियो ।

प्रकाशित : २३ श्रावण २०७३, आईतवार १४:४०