बास्कोटालाई ‘जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बास्कोटालाई ‘जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’



काठमाडाैं । जसचेतन बचत तथा ऋण सहकारी सस्थाले दिपक प्रकाश बास्कोटालाई जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । संस्थाले रजत जयन्तीको अवसर (२०७४) मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट बास्कोटालाई सम्मान गरेको हो ।

सहकारीको क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार १ रुपैया रहेको छ । संस्थाको २९ औ स्थापना दिवसको दिन नेकपा एमाले का केन्द्रिय सदस्य तथा पुर्व मन्त्री तथा सांसद पार्वत गुरुङले उक्त पुरुस्कार प्रदान गरेका हुन ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार २१:५७