प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशत बोनश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशत बोनश पारित



logoकाठमाडौं, २४ साउन । निजी क्षेत्रको जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स ले चौथो त्रैमासको खुद मुनाफामा ११ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ । उक्त वृद्धि अनुसार प्रुडेन्सियलको मुनाफामा १५ करोड १ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ५० लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

कम्पनीले जगेडा कोषमा १७ करोड ४७ लाख रुपैयाँ र बीमा कोषमा २३ करोड ४४ लाख रुपैयाँ राखेको छ । प्रुडेन्सियलको आम्दानी अघिल्लो वर्षको तुलनामा २७ दशमलव ४७ प्रतिशतले बढेर २४ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ६५ दशमलव ५१ प्रतिशतले बढेर ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

उक्त बीमा कम्पनीको आम्दानीभन्दा खर्चमा केहि वृद्धि देखिएको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ५० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ भने २९ करोड ७५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या १९ हजार ३ सय ९१ रहेको छ भने कुल दाबी भुक्तानी संख्या ४ हजार ७ सय २७ रहेको छ।

कम्पनीको प्रति शेयर आम्दानी ४२ दशमलब १२ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय १४ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३४ दशमलब १९ गुणा रहेको छ ।

प्रकाशित : २४ श्रावण २०७३, सोमबार ०७:०६