खतिवडाले राष्ट्रिय योजना आयोग छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खतिवडाले राष्ट्रिय योजना आयोग छाडे



youbrajकाठमाडौं २४ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट डा. युवराज खतिवडाले राजिनामा गरेका छन् । २०७२ कात्तिक १८ गते आयोग उपाध्यक्षमा नियुक्त भएका डा. खतिवडाले नयाँ सरकार गठन भएपछि सोमबारबाट लागू हुने गरी राजिनामा गरेका हुन् ।

खतिवडालाई केपी ओली नेतृत्वको सरकारले आयोगमा नियुक्त गरेको थियो । ओलीले सरकार छाडेपछि खतिवडाले पनि राजिनामा गरेका हुन् । सरकारले अर्थमन्त्री चयन गर्नुअघि नै खतिवडालाई ओलीले आयोगको जिम्मेवारी दिएका थिए ।

बजेट कार्यान्वयन र योजना तर्जुमामा अर्थमन्त्रालयलाई आयोगले सघाउँछ ।  खतिवडाले चालु आर्थिक बर्षको बजेट ‘छाँया अर्थमन्त्री’ रुपमा निर्माण गरेका हुन् ।

खतिवडा पहिले पनि योजना आयोगका उपाध्यक्ष भइसकेका थिए । उपाध्यक्ष छँदै त्यहाँ छाडेर उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । गभर्नरबाट उनी अघिल्लो बर्ष चैतमा अवकास भएका थिए ।

प्रकाशित : २४ श्रावण २०७३, सोमबार ०७:१५