नगद लाभांश वितरण गर्न लक्ष्मी क्यापिटलको साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नगद लाभांश वितरण गर्न लक्ष्मी क्यापिटलको साधारणसभा आज



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको १३औँ वार्षिक साधारण सभा आज गर्ने भएकाे छ । कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट चार करोड पाँच लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्न साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्ताव पेस हुनेछ । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतमा एजेन्डा छन् ।

प्रकाशित : २४ आश्विन २०७८, आईतवार १०:५६