बजारमा एकैदिन करिब ९० अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजारमा एकैदिन करिब ९० अंकको गिरावट



stockकाठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज नेप्से ८८ दशमलव ८१ अंकले घटेको छ ।   कारोबार खुलेको सुरुदेखि नै तिब्र रुपमा घटेको बजारमा ८८ दशमलव ८१ अंकले गिरावट आई १६ सय ७५ दशमलव ९१ अंक कायम भयो । नेपाली सेयरबजारमा इतिहाँसमा एकैदिन यतिधेरै अंकले गिरावट आएको पहिलोपटक हो ।

११ बजे खुलेको बजार सम्हालिन नसक्दा ५ प्रतिशतले डाउन सर्किट लाग्दा १ बजेर २८ मनिेट जाँदा कारोबार बन्द भएको हो । पछिल्ल दिनमा २ अर्ब रुपौयाँ बराबरको कारोबार हुने गरेकोमा आज एक अर्ब पनि पुगेन । सोमबार १ सय ३० कम्पनीका ११ लाख ६२ हजार ५ सय ७१ कित्ता सेयर ८७ करोड ९३ लाख ८१ हजार ८ सय ११ रूर्पैयाँबराबरको कारोबार भयो । यो दिन कुल ४ हजार ८ सय १६ वटा कारोबार भए । सोमबार कारोबारमा आएका समुहगत परिसूचक मध्ये उत्पादन तथा प्रशोधन समुहको बारेक बाँकी सबै समुहको कारोबार ओरालो लाग्यो । सोमबार वाणिज्य बैंक समुहमा ९२ दशमलव ३८, होटलको ६२ दशमलव ९६, विकास बैंकको ६९ दशमलव ६१, जलविद्युत्को १ सय १७ दशमलव ३५, वित्तको ३० दशमलव ३८, बीमाको सबैभन्दा धेरै ५ सय ३७ दशमलव ८४ र अन्य समुहको कारोबारमा ३२ दशमलव १ अंकले गिरावट आयो भने एक मात्र सुधार देखिएको उत्पादन तथा प्रशोधन समुह ८ दशमलव ४५ अंक बढ्यो । आजको दिन कारोबारमा अएका कम्पनीमा मात्र ४ वटा कम्पनी माउन्ट मकालु डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, हाम्रो विकास बैंक, युनिलिभर नेपालका कम्पनीका सेयरधनीले कमाए भने बाँकी सबै कम्पनीका सेयरधनीले गुमाए । आजको दिनमा प्रिमियर फाइनान्स्, गुडविल फाइनान्स्, नेपाल लाईफ इन्स्योरेन्से, फेवा विकास बैंक, सेती फाइनान्स्का सेयरधनीले सबैभन्दा धेरै गुमाए । गएको हप्ताभरमा ९४ अंकले घटेको बजार हिजो आइतबार केहि सम्हालिने प्रयास गरेपनि सोमबार बजार एकैदिन करिब ९० अंकले घटेको हो

प्रकाशित : २४ श्रावण २०७३, सोमबार ०९:५८