दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने



काठमाडौ । नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ ।
नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो ।

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।


सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् ।
नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।


नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

प्रकाशित : २४ आश्विन २०७८, आईतवार १४:१९