दशैँ परिकार: घरमै बनाउनाेस् खशीकाे पक्कु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दशैँ परिकार: घरमै बनाउनाेस् खशीकाे पक्कु



काठमाडौं । नेपालीहरूको महान चाड दशैँ सुरू भइसक्यो । दशैँ सुरू भएसंगै सबैले विभिन्न प्रकारका मिठो खानेकुरा अझ भनौ खसीको मासुको विभिन्न परिकार बनाएर खाने गर्छन् । यस्तै खसीका परिकार मध्ये खसीको पक्कु यसरी बनाउन सक्नुहुन्छ ।

सामाग्री
खसीको मासु, कसौडी, जिरा धुलो, धनियाको धुलो, गरम मसला, बेसार, नुन, रातो धुलो खुर्सानी, तोरीको तेल, तेजपत्ता (सबै सामाग्री आवश्यकता अनुसार)

विधि
मासुमा जिरा धुलो, धनियाको धुलो, बेसार, रातो धुलो खुर्सानी, नुन, तोरीको तेल हालेर प्रत्येक पिसमा लाग्नेगरी एकछिनसम्म मजाले मोल्नुहोस् । यसलाई ढाकेर रातभर राख्नुहोस् । अर्कोदिन भएपछि अब यसलाई पकाउनका लागि कसौडिलाई आगोमा बसाल्नुहोस् ।

कसौडी तातिसकेपछि मोलेर राखेको मासु हालेर सानो आगोमा मजाले फ्राइ गर्नुहोस् । यसलाई ढाकी रातो नहुँदासम्म ७ देखि १० मिनेटसम्म फ्राई गर्नुस् । अनि त्यसमा तेजपत्ता राखेर फेरी चलाउनुस् ।

अब एउटा कचौरामा पानी राखेर उक्त कसौडीको मुखमा राखेर ढाक्नुहोस् । कचौराको पानी नसुक्दासम्म सानो आगो गराएर त्यसलाई छोड्दिनुस् । कचौराको पानी सुकिसकेपछि त्यसलाई एकपल्ट चलाएर गरम मसला हाल्नुहोस् र २ देखि ३ मिनेटसम्म पकाउनुस् । अब तयार भयो स्वादिलो खसीको पकु ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार १०:२०