नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन,बोनस दर भने बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन,बोनस दर भने बढ्यो



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्न प्रस्ताव गरिएको लाभांश दरमा सामान्य परिमार्जन गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार दर हेरफेर गरिएको बैंकले जनाएको छ । बैंकले यस अघि ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

अहिले भने बैंकले कुल लाभांश १६ प्रतिशतबाट थप घट नहुने गरि बोनस दर बढाएर नगद लाभांश दर कम गरेको हो । बैंकले अब हाल कायम चुक्ता पुंजीको १२.६११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार १८:२२