ईङवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ईङवा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने



काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरको १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहीबार १२:५९