विशेष आर्थिक क्षेत्र विधेयक संसदमा प्रस्तुत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विशेष आर्थिक क्षेत्र विधेयक संसदमा प्रस्तुत



ca-buildingकाठमाडौँ, २५  साउन  । विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ ।

आज बसेको व्यवस्थापिका संसदमा संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले आज समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरे ।

विशेष आर्थिक क्षेत्रको सञ्चालनका लागि आवश्यक ऐनको अभावमा भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सञ्चालन हुन नसकिरहेको तथा विगत लामो समयदेखि संसद्मा विधेयक दर्ता हुने र फिर्ता हुने गरिरहेको अवस्थामा समितिले विधेयक पेस गरेको हो ।

विधेयकमा सेज क्षेत्रभित्र काम गर्ने कामदार वा कर्मचारीले उद्योग र त्यसको उत्पादनमा प्रतिकूल असर पर्ने गरी कुनै बन्द, हडताल वा आन्दोलन गर्न नपाउने गरी कानुनी व्यवस्था गरिएको सभापति आङ्दम्बेले जानकारी दिए ।

त्यस्तै विधेयकमा सेज क्षेत्रमा काम गर्ने कामदार वा कर्मचारीको हितलाई ध्यानमा राखी अन्य औद्योगिक कामदार वा कर्मचारीको भन्दा बढी पारिश्रमिक र सुविधा प्रदान गर्न निर्देशनात्मक सुझाव दिइएको छ ।

प्रकाशित : २५ श्रावण २०७३, मंगलवार ०३:३२