महिला लघुवित्तको लाभांश परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

महिला लघुवित्तको लाभांश परिमार्जन



काठमाडाैं । महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले कुल लाभांश ५० प्रतिशत नै रहने गरि बोनस र नगद लाभांशको दर मात्रै परिमार्जन गरेको हो । कम्पनीले यस अघि ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब भने कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको छ । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आज बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार ११:५५