बैंक अफ काठमान्डूले गर्‍याे १४ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक अफ काठमान्डूले गर्‍याे १४ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । बैंक अफ काठमान्डूले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार ११:५४