यातायात व्यवस्था विभागले खुला गर्‍याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यातायात व्यवस्था विभागले खुला गर्‍याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम



काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । 

सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार १२:३८