लुम्बिनी विकास बैंकको १३ दशमलव ७१२ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी विकास बैंकको १३ दशमलव ७१२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । लुम्बिनी विकास बैंकले कुल १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ८ कात्तिकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि तीन दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लुम्बिनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार १४:२१