नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था सिन्धुपाल्चोक र विन लघुवित्त वित्तीय संस्था धादिङ एकआपसमा मर्जर भई १५ कात्तिकदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

संस्थाको केन्द्रीय कार्यालय मेलम्ची-१३ सिन्धुपाल्चोकमा रहने जनाइएको छ । १५ कात्तिकमा विन नेपाल लघुवित्तका नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

यी दुई संस्था एकआपसमा गाभिँदा सेयर स्वाप अनुपात १ः०ः७५ कायम गरिएको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले गत १५ भदौमा अन्तिम स्वीकृति दिएको थियो । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार १५:२७