अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा,मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

अग्नी ग्रुपले ल्यायो महिन्द्रा ब्रान्डको नयाँ अटो रिक्सा,मूल्य कति ?



काठमाडाैं । महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले नयाँ इलेक्ट्रिक अटो रिक्सा महिन्द्रा ट्रियो नेपाल ल्याएको छ । बिद्युतबाट चल्ने यो तीन पाङ्ग्रे अटो रिक्सालाई कम्पनीले आज एक कार्यक्रमको अयोजना गरी सार्बजनिक गरेको हो । एकपटक फूल चार्ज गर्दा १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो नेपाली सडकका लागी उपयोगी रहने बताइएको छ ।

भारतमा विक्री सुरु भएको छोटो समयमा नै लोकप्रिय बनेको ट्रियोमा ७.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री जाडन गरिएको छ । उक्त व्याट्रीलाई ३ घन्टा ३० मिनेटमा घरमा उपलब्ध सामान्य प्लगबाट चार्ज गर्न सकिन्छ ।

एक पटक फुल चार्ज गर्दा ८ यूनिटमात्र विद्युत खपत हुने बताइएको यसको पावर १३.६ पीएस र टर्क ४४ एनएम रहेको छ । कम्पनीले यसमा ८० हजार किमि वा ३ वर्षको वारेन्टी प्रदान गर्ने बताएको छ । रिक्सामा विन्ड स्क्रिनिङ वाइपर, स्पेयर व्हिल प्रोभिजन, लकेबल ग्लोभ बक्स, ग्राब ह्याण्डल, १२ भोल्टको सकेट, हजार्ड इन्डिकेटर लगायत फिचर्स समावेश गरिएको छ । चालक सहित ३ जनाले आरमदायी यात्रा गर्न मिल्ने यो रिक्साको मूल्य ८ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार १९:५५