चिसोमा बाइक स्टार्ट गर्न गाह्रो भयो ? यस्ता छन उपाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिसोमा बाइक स्टार्ट गर्न गाह्रो भयो ? यस्ता छन उपाय



चिसो मौसममा बाइक स्टार्ट गर्न गाह्रो हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो । चिसो मौसममा चिसोले गर्दा इन्जिनको साथै ब्याट्रीमा पनि केही समस्या आएको हुन्छ ।

यो अवस्थामा बाइक स्टार्ट गर्न समस्या भए धेरै उपाय अपनाउन सकिन्छ ।

किक हान्नुहोस्
चिसो मौसममा बाइकमा सेल्फ स्टार्ट गर्न गाह्रो हुन्छ । चिसोमा बाइकको वाहिरी भागमा पानी जम्मा हुन सक्छ जसले गर्दा बाइक सेल्फ स्टार्ट हुँदैन । बाइक स्टार्ट गर्दा पहिला बाइकलाई किक हानेर स्टार्ट गर्दा उपयुक्त हुन्छ । किकले केही हदसम्म बाइक चाँडै स्टार्ट हुन्छ ।

चोक तान्नु
बाइक स्टार्ट गर्नलाई सजिलो उपाय भन्नेको बाइकको चोक तान्नु हो । बाइकमा चोक फ्युल ट्याङकको ठिक मुनि हुन्छ । बाइक स्टार्ट गर्नुभन्दा पहिला सो चोकलाई अन गर्नुहोस् । जबसम्म बाइकको इन्जिन तात्दैन त्यसलाई अनमै राख्नुहोस् । बाइकको इन्जिन उपयुक्त तापक्रममा पुगेपछि चोकलाई अफ गर्न सकिन्छ ।

कम ग्रेड इन्जिन आयल
इन्जिन आयलको ग्रेडको वारेमा हामीले जानकारी राख्नु राम्रो हुन्छ । उच्च ग्रेडको इन्जिन आयल तातो अवस्थाको लागि प्रयोग गर्न बनाइएको हुन्छ । त्यसैले इन्जिन आयलका कारण आवश्यक भिस्कोसिटी भन्दा कम मात्र उपलब्ध भयो पनि बाइक स्टार्ट हुन समस्या हुन्छ । यो अवस्थामा आवश्यक ग्रेड र भिस्कोसिटीको इन्जिन आयल प्रयोग गर्नु उपयुक्त हुन्छ । चिसो मौसमको लागि उपयुक्त इन्जिन आयलको छनोट गर्नु पर्छ ।

मिश्रणको लागि ट्युन इन्जिन
कार्बाेरेटर ट्युनिङमा इन्धन एयर मिश्रणको स्तर रहेको हुन्छ । यदि इन्धनको स्तर हावाको तुलनामा अधिक भयो भने मिश्रण बढि मात्रामा हुने गर्छ । यसले कम माइलेजमा अधिक शक्ति खर्च भएको हुन्छ । सो मिश्रणले इन्धन जलाउँछ र अधिक उर्जा उत्पादन गर्छ । यसले पनि इन्जिन चाँडै स्टार्ट गर्न सजिलो बनाउछ ।

सफा स्पार्क प्लग
बाइक सर्भिसिङ गर्दा स्पार्क प्लग विशेष गरी सफा गर्ने गरिन्छ । सफा स्पार्क प्लगले उचित इग्निसन सुनिश्चित गर्छ । यद्यपि यो नियमित समयावधिमा मात्र उपयुक्त हुन्छ । यसले चिसोमा पनि केही समस्या आउँदैन । तर अशुद्ध स्पार्क प्लगले बाइकको इन्जिनमा समस्या आउँछ र यो विशेषगरी जाडो मौसममा हुने गर्छ ।

ब्याट्रीमा हानी
पहिलो पटकमा बाइक स्टार्ट नभएमा लामो समयसम्म इग्निसनलाई प्रयोग गर्नु पर्छ । यसले चाँडै नै ब्याट्रीलाई निकाल्छ । यसको समाधानको लागि ५ सेकेन्डको लागि स्टार्टरलाई थिचिराख्नु पर्छ । दोस्रो पटक प्रयासको लागि २० सेकेन्डको समय लिनु पर्छ । यसले ब्याट्रीमा केही प्रभाव पार्न सक्दैन ।

बाइक चलाउनु अघि इन्जिन तातिन दिनु
कहिल्यै पनि बाइक स्टार्ट गर्ने वित्तिकै चलाउनु हुँदैन । यसले इन्जिनमा केही समस्या हुन सक्छ । बाइकलाई स्टार्ट गरेर २ देखि ३ मिनेटको लागि स्टार्टमै राख्नु पर्छ । यसले इन्जिनको साथै इन्जिन आयललाई क्लच र गियरबक्स सहित पुरै इन्जिनलाई लुब्रिकेट गर्न सहयोग गर्छ ।

बाइकलाई कुनै पनि कपडाले ढाक्नुु
बाइकलाई जहिले पनि कुनै पनि कपडाले छोप्ने गर्नु पर्छ । यसो गर्दा बाइक बाहिरी फोहोरबाट धेरै हदसम्म जोगिन्छ । साथै यसले इन्जिनलाई लामो समयसम्म तातो राख्न मदत गर्छ ।

बाइक सर्भिसिङ
बाइकलाई समय समयमा सर्भिसिङ गर्नु पर्छ । जाडो मौसममा इन्जिन आयल जम्ने र इन्जिन चिसोको कारणले गर्दा केही खराबी आउने भएकाले बाइकलाई नियमित सर्भिसिङ गर्नु पर्छ ।

सहि फ्युलको प्रयोग
मिश्रित इन्धन बाइकमा प्रयोग गर्दा बाइकको इन्जिन समय भन्दा पहिला नै बिग्रने डर रहन्छ । शुद्ध इन्धनले बाइकलाई लामो समयसम्म जोगाउन सकिन्छ । त्यसैले सकेसम्म शुद्ध तेलको प्रयोग गर्नु उचित हुन्छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार २०:०६