कृषि विकास बैैंकले ५० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैैंकले ५० प्रतिशत हकप्रद दिने



Agricultural bankकाठमाडौं, ३० साउन  । कृषि विकास बैंक  लिमिटेडले लगानीकर्तालाई दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद दिने भएको छ । यसका लागि बैंक ले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धि सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एस क्यापिटल लि.का तर्फबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका प्रबन्धक संचालक पूर्णचन्द्र दाहालले हस्ताक्षर गरे ।

बैंकले हाल कायम साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाखको ५० प्रतिशत अर्थात सय रुपैया अंकित दरका १ करोड ९६ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चात् बैंकको साधारण शेयर पूँजी ५ अर्ब ९० लाख पुग्ने छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी ८ अर्ब करोड र्पुयाउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । बैंकले अपुग पूँजी आगामी वर्षको लाभांश र केही रकम परिपक्व हुने अविमेच्य अग्राधिकार शेयरबाट पुयाँउने भएको छ । ।

बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ । यसमध्ये साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रहेको छ । अग्रधिकार शेयरलाई चुक्ता पुँजीमा गणना गर्न नपाइने व्यवस्था भएपछि बैंकले अन्य विकल्पहरुबाट पुँजी पुर्याउदै छ ।

प्रकाशित : ३० श्रावण २०७३, आईतवार १६:०३