गुहेश्वरी फाइनान्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुहेश्वरी फाइनान्सलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति



guhesworiकाठमाडौं, ३२ साउन । नेपाल धितोपत्रबोर्डले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । यो स्वीकृति सँगै कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्ने भएकोछ । अघिल्लो आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँडेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाइले बोनश पश्चातको चुक्ता पुँजीको पचास प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको वैशाख २ गतेसम्पन्न विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी ४५ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सले राष्ट्र बैकले तोके अनुसार ०७४ असारसम्ममा ८० करोड चुक्ताँपूजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि यस कम्पनीले हकप्रद निस्कासन गर्न लागेको हो ।

प्रकाशित : ३२ श्रावण २०७३, मंगलवार ०८:३८