वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ । योसँगै दुई लघुवित्तको मर्जर प्रक्रिया अघि बढेको छ । 

यसअघि दुबै कम्पनीबीच गत १५ भदौमा एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाईं, र शिवप्रसाद मिश्र तथा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एकबहादुर गोदार रहने भएका छन् ।

सम्झौताअनुसार हाल सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृते बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् । त्यस्तै, दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहनेछ ।

मर्जर सम्झौता भएसँगै १६ भदौबाट दुबैं कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।  हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा छ । वोमी लघुवित्तको हाल चुक्ता पुँजी ४१ करोड १९ लाख छ भने सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १३:३२