अाजबाट आरएसडिसी लघुवित्तको शेयर निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाजबाट आरएसडिसी लघुवित्तको शेयर निश्कासन



rsdc-696x522काठमाडौं, ५ भदौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गते बाट सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । शेयर निष्कासन पछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय स्तरको थोक कर्जा वितरक कम्पनी भएकोले यसले थप चुक्ता पूँजी वृद्धि गर्नु पर्ने हुन्छ । राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असारमसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको छ ।

शेयर आवेदन भदौ ५ गतेबाट छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ भाद्र २०७३, आईतवार ०१:५१