सेबोनले दियो सेयर रजिष्ट्रार र निक्षेप सदस्यलाई नौ बुँदे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेबोनले दियो सेयर रजिष्ट्रार र निक्षेप सदस्यलाई नौ बुँदे निर्देशन



SEBON-e1420520405658काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको डिम्याट खाता खोल्न र सेयर डिम्याट गराउन ढिला गरेको भन्दै निक्षेप सदस्य र सेयर रजिष्ट्रारहरुलाई नौ बुदे निर्देशन दिएको छ । कागजात प्राप्त भएपछि खाता खोल्न र डिमाट गर्न ढिलाई नगर्न चेतावनी सहित बोर्डले सरोकारलाईलाई निर्देशन जारी गरेको हो ।
निक्षेप सदस्यले डिम्याट खाता खोल्न ढिलाई गरेको, डेबिट इन्स्ट्रक्सन स्लिप(डिएसआई) दिन ढिलाई गरेको, निक्षेप सदस्यको काम गर्ने बैंकका शाखाहरुबाट सेवा प्रदान गर्न नमानेको जस्ता गुनासो आएपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो । गत साउन देखि उपत्यकामा र आगामी माघ देखि देसैभर डिम्याट खाता अनिवार्य गरिएको छ । अब उपत्यकाका लगानीकर्ताले डिम्याट खाता नभए प्राथमिक सेयरको आवेदन दिन पाउँदैनन् ।
निर्देशन अनुसार काम नगरे वा काममा ढिला भए लगानीकर्ताले बोर्डको हटलाईन नम्बर १६६०–०१–४४४३३ मा उजुरी  गर्न सक्ने जानकारी पनि बोर्डले दिएको छ ।
बोर्डले आइतबार जारी गरेको निर्देशनमा तीन दिन भित्र डिम्याट खाता खोलेर डिएसआई दिनुपर्ने, लगानीकर्ताले बुझाएको सात दिन दिन डिम्याट गर्न सेयर रजिष्ट्रारको कार्यालयमा सेयर प्रमाण पत्र दिनुपर्ने र त्यसको तीन दिनमा डिम्याट गरिसक्नु पर्नेछ । निक्षेप सदस्यले आफ्नै सस्थामा डिम्याट खाता खोल्न वाध्य नबनाउन पनि निर्देशन दिइएको छ ।
त्यस्तै निक्षेप सदस्यको रुपमा रहेका बैंक तथा वित्तीय संस्थाले हितग्राही खाता खोल्नु पूर्व आर्थिक कारोवारको लागि लगानीकर्तालाई आफ्नै बैंक वा कुनै निश्चित बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोल्न अनिवार्य नगर्ने÷नगराउने,  डिम्याट खाताको युजर र पासवर्ड सम्बन्धित व्यक्ति बाहेक अरुलाई नदिन पनि निर्देशन दिइएको छ । एउटा निक्षेप सदस्यमा रहेको डिम्याट खाताबाट सोही व्यक्तिको अर्को निक्षेप सदस्यकोमा रहेको खातामा सेयर ट्रान्सफर गर्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित : ६ भाद्र २०७३, सोमबार ०३:३९