नेपाल इन्भेष्टमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज मिति ताेकेको छ ।

बैंकले साधारण सभामा सहभागी हुने र लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १६:२३