क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा !



काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा गरिने खर्च उठाउन क्यूआर कोड सार्वजनिक गरेको छ । कार्यकर्ता र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इसेवा र फोन पेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र सुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताए ।

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनकि गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्यूआर कोड, इसेवा र फोन पे एप्स सार्वजनिक गरेको हो ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १७:५३