पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारत सरकारलाई अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पशुपति परिसरका सम्पदा पुनर्निर्माणमा भारत सरकारलाई अनुमति



pasupatiकाठमाडौं, ९ भदौ । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।

त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनुपर्नेछ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जिर्णोद्वार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशित : ९ भाद्र २०७३, बिहीबार ०३:५८