सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स गाभिने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स गाभिने प्रस्ताव पारित



काठमाडौं, १० भदौ  । सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स एक आपसमा गाभिने भएका छन् । शुक्रबार बसेको सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स को विशेष साधारण सभाले दुई संस्था एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेका छन् ।

यी दुई संस्थाले मर्जर सम्बन्धित सम्झौतामा गत माघ ११ गते हस्ताक्षर गरेका थिए ।

३ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको सिभिल बैंक र २ अर्ब ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको फाइनान्स गाभिए पछि बन्ने बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुग्नेछ ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि दुबै संस्था औपचारिक रुपमा गाभिएर एकिकृत कारोबार गर्ने छन् ।

प्रकाशित : १० भाद्र २०७३, शुक्रबार ०८:५५