हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्धः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्धः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको हस्तकला क्षेत्रको बिकास र प्रर्वद्धनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले हस्तकला निकाशी गर्दै विदेशी मुद्राको आय–आर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनीकरण हुने विश्वास गरे । हस्तकला क्षेत्रमा देखिएको कर सम्बनधी समस्यालाई सहजिकरण गर्ने उनले बताए । उनले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राखे ।

मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार १७:२२