नेफ्स्कूनद्धारा दर्जन बढी बिधामा पुरस्कार र सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नेफ्स्कूनद्धारा दर्जन बढी बिधामा पुरस्कार र सम्मान



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न व्यक्तित्व तथा संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको छ । सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सम्मान  तथा पुरस्कार प्रदान गरेकी थिइन ।

पुरस्कार तथा सम्मान समारोहमा संघका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीलगायतको सहभागीता रहेको थियो । नेफ्स्कूनको स्थापना दिवसको अवसरमा घोषणा गरिने सम्मान तथा पुरस्कारको वार्षिक साधारण सभामा वितरण गर्ने गरेको छ ।

को को भए सम्मानित र पुरस्कृत 
संस्थापक अध्यक्ष पुरस्कार 
निजगढ महिला साकोसकी पूर्व अध्यक्ष, लिलादेवी लामिछाने खनाल 
नेफ्स्कूनका पूर्व सञ्चालक, रामदास श्रेष्ठ

नेफ्स्कून सर्वोत्कृष्ट साकोस
बागेश्वरी महिला साकोस, मकवानपुर
जनउत्थान साकोस रुपन्देही 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस 
प्रदेश नं १ प्रगती साकोस–बर्जु ५, सुनसरी, 
प्रदेश नंं २ स्वस्तिक साकोस–सर्लाही,
बागमती प्रदेश, शिक्षक कल्याण साकोस–दोलखा,
गण्डकी प्रदेश, जनसेवा साकोस, पुरुन्चौर–पोखरा
प्रदेश नं ५ सयपत्री साकोस–नवलपरासी,
कर्णाली प्रदेश स्वावलम्बी साकोस –सुर्खेत,
सुदुरपश्चिम प्रदेश जनकल्याण साकोस, कैलाली 

नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक
दिपक बस्नेत,प्रमुख कार्यकारी अधिकृत, हाम्रो जनकल्याण साकोस, दोलखा

प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार 
प्रदेश नंं १ मनोज कुमार सुतियार, श्री जनकल्याण साकोस –सुनसरी
प्रदेश नंं २ यज्ञ प्रसाद प्रसाई, नवविकास साकोस –चन्द्रपुर रौतहट 
बागमती प्रदेश कृष्णकान्त मिश्र, जनकल्याण साकोस –धादिङ 
गण्डकी प्रदेश रामचन्द्र सुवेदी, गैडाकोट स्वाभिमान साकोस–नवलपरासी 
लुम्बिनी प्रदेश अनन्त पाण्डे, ग्रामीण साकोस बर्दघाट नवलपरासी 
कर्णाली प्रदेश रमेश जैशी, पिपलबोट साकोस सुर्खेत 
सुदुरपश्चिम प्रदेश टेकराज लेखक, जिवनज्योति साकोस बैतडी 

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान
महिलातर्फ संघको निवर्तमान सञ्चालक चन्द्र कुमारी खड्का–झापा
पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक नारायण घिमिरे –काठमुाडौं

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ 
कञ्चनपुर जिल्ला बचत संघ 

नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार 
नाकुफोक दक्षिण कोरिया

नेफ्स्कून विद्धता पुरस्कार 
नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.रमेश चौलागाई, पि.एच.डी

नेफ्स्कून पत्रकारिता पुरस्कार
लक्ष्मण दर्नाल, गोरखापत्र दैनिक

नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारी
लेखा अधिकृत, मनकेशरी महर्जन
सहायक कर्मचारी, चिरन खत्री 

उत्कृष्ट फिल्ड कार्यालय 
जनकपुर, बनेपा र सुनसरी

उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्ता
एकीकृत फ्रेण्डसिप साकोस, दोलखा

उत्कृष्ट बचतकर्ता
विकु साकोस, नवलपुर

उत्कृष्ट शेयर खरिदकर्ता
प्राइम साकोस, पोखरा

उत्कृष्ट लघुवित्त
अन्धकारमुक्ति साकोस, पाल्पा 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार
विन्धबासिनी साकोस, काभ्रे

महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्था
चन्द्रागिरी साकोस, काठमाडौं

साकोस एकीकरण अभियानमा उत्कृष्ट
सबैको साकोस, रुपन्देही 
 

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार १८:१४