दाेहाेराे अंकले घट्याे सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दाेहाेराे अंकले घट्याे सेयर बजार



काठमाडाैं । सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा झरेको छ ।

कूल २२५ वटा कम्पनीकाे ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर र उत्पादनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आइतबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५० कराेड ९९ लाख ९२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आइतबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नारायणी डेभलपमेन्ट बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ५२ रूपैयाँ ६० पैसा पुगेकाे छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ४४ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

आज तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय १६ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित : ५ मंसिर २०७८, आईतवार १५:१७