सीटीसी मल कर्मचारी सञ्चय कोषले लिलाम गर्ने, ऋण तिर्न इच्छाराज तामाङलाई र ३५ दिने सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सीटीसी मल कर्मचारी सञ्चय कोषले लिलाम गर्ने, ऋण तिर्न इच्छाराज तामाङलाई र ३५ दिने सूचना



काठमाडौँ । काठमाडौँको सुन्धारास्थिति सीटीसी मल भवन कर्मचारी सञ्चय कोषले लिलाम गर्ने भएको छ । सभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले निर्माण गरेका हुन ।

तामाङले काठमाडौँ–११ सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेको ८२ हजार ९५ वर्गफिटको सीटीसी मल भवन धितोमा राखेर सिभिल स्टेट्स् प्रालिका नाममा सञ्चय कोषबाट ऋण लिएका थिए । तर, उक्त ऋण तिर्न पटक पटक ताकेता गर्दा पनि तामाङले ऋण नतिरेकोले उक्त ऋणबापतको धितो भवन तथा जग्गा लिलामीका लागि कोषले सोमबार ३५ दिने सूचना निकालेको हो ।

सिभिल सेभिङ एन्ड को–अपरेटिभका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा तामाङ प्रहरी हिरासतमा छन् ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार १७:३६